Logo
Logo

नेपाल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट


189
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

नेपाल बैंकले रु १ हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने रु. २ अर्ब पचास करोड रकम बराबरको १०.५० प्रतिशत ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष र ब्याजदर १०.५० प्रतिशत रहेको बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीनेछ ।

काठमाण्डौें, धर्मपथ स्थित मुख्य कार्यालय रहेका नेपाल बैंक लिमिटेडले देशका ७ वटै प्रदेशमा आफ्नो शाखाहरु विस्तार गरी उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्