Logo
Logo

‘मंकिपक्स’का आशंका गरिएको युवकमा कुष्ठरोग पुष्टि


1.3k
Shares

काठमाडौं । मंकिपक्सका आशंका गरिएको एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।

दुबईहुँदै नेपाल आएका ती २६ वर्षीय पुरुषमा मंकिपक्सको शंकास्पद लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । उक्त युवकमा कुष्ठरोग पोजिटिभ देखिएको टेकु अस्पतालले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा ती पुरुषमा ‘मंकिक्स’भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो । अस्पतालले प्रयोगशाला परीक्षण र ड्रमाटोलोजिष्टहरुको टीमले गरेको अनुसन्धानले संक्रमण मंकिपक्सको नभइ कुष्ठरोग भएको पत्ता लागेको हो ।

प्रतिक्रिया दिनुहोस्