Logo
Logo

उडिरहेको विमानमा आगलागी भएपछि आपतकालीन अवतरण


3.8k
Shares

काडमाडौं । भारतको बिहार राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ । भारतीय मिडियाका अनुसार उक्त विमानमा १८५ यात्री सवार थिए ।

भारतीय सञ्चारमध्यमले उल्लेख गरेअनुसार विमान स्पाइस जेटको थियो । उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।

पटना डिएमले दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् । उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए । मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागिरहेको देखेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्