Logo
Logo

सुदूरश्चिमका ६२ प्रतिशतले खान पाउँदैनन् पेटभर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ,१ साउन ।
सदूरश्चिम प्रदेशमा ६२ भन्दा बढी नागरिकले पेटभरी खान पाउन नसकेको तथ्यांकले देखाएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले तर्जुमा गरको स्वास्थ्य सेवा प्रर्वद्धन रणनीतिमा ३७ दशमलव ७ प्रतिशतल मात्रै पेटभरी खान पाउने तथ्यांक सार्वजनिक गरेको हो।

सदूरपश्चिम प्रदेशमा २६ लाख १५ हजार १ सय ४८ जनसंख्या रहेको छ। ती मध्ये ६२ दशलव ३ प्रतिशतले वर्षभरिमा केही महिना भोकै वा आधा पेट खाएर जीवन धान्नुपरेको हो। खास गरेर सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका नागरिकले वर्षको केही महिना पेटभरी खान पाउँदैनन्। पछिल्ला वर्षमा यातायातको पहुँले हिमाली क्षेत्रमा खाद्यान्न उपलब्ध भए पनि त्यहाँका बासिन्दाको कमजोर क्रय क्षमताका कारण भोकै रहनुपर्ने वा आधापेट मात्रै खाएर बस्नुपर्ने स्थिति रहेको छ आजको कारोबार दैनिकमा समाचार छापिएको छ।

विश्व खाद्य कार्यक्रममा नीति तथा कार्यक्रमका अधिकृत बखत निरौलाका अनुसार सुदूरपश्चिम प्रदेशमा यातायात पुगेका क्षेत्रमा खाद्यान्न उपलब्ध भए पनि गरिबीका कारण नागरिकले खरिद गर्न सक्दैनन्। उनले यातायात नपुगेको क्षेत्रमा भने खाद्यान्न उपलब्ध नै नहुने स्थिति रहेको बताए।

प्रतिक्रिया दिनुहोस्