काठमाडौं । गृह मन्त्रालय कर्मचारी प्रशासन शाखामा कार्यरत उपसचिवले कर्मचारीको सरुवामा आर्थिक चलखेल गरेको आरोप लागेको छ । उपसचिव शोभाकर रेग्मीमाथि यस्तो आरोप लागेको हो ।
कर्मचारीको वास्तविक समस्यामा संवेदनहीन उपसचिव रेग्मीले कर्मचारीको सरुवा बापत मोटो रकम लिने गरेको गृहका कर्मचारीले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कर्मचारी सरुवा गर्दा पैसाको लेनदेन हुने गरेको स्रोतले बताएको छ । यतिमात्र नभई रेग्मीले अध्यागमन कार्यालय एयरपोर्टबाट हप्तासमेत असुली गरिरहेका छन् ।
अध्यागमन एयरपोर्टका तीन वटै ग्रुपबाट मासिक रुपमा ३० लाख भन्दा बढी शोभाकरको नाममा जाने गरेको उक्त कार्यालयमा कार्यारत एक कर्मचारीले बताएका छन् । शाखा अधिकृत जनक रेग्मी तथा नायव सुब्बा कुलप्रसाद आचार्य पैसा पुर्याउन रेग्मीको निवासमै जाने गरेको पाइएको छ। रेग्मीमाथि मैले घर बनाउँदैछु पैसा चाहियो भनेर अंक नै उल्लेख गरी माग्ने गरेको आरोप छ । यतिमात्र नभईरेग्मीले त्यहाँ कार्यरत कर्मचारीलाई धम्क्याएर समेत पैसा उठाउने गरेका छन् । उनले पैसा नदिए सरुवा गरिदिने भन्दै धम्क्याउने गरेको स्रोतको दाबी छ । केही महिना अगाडि शाखा अधिकृत कुशल बराल, गणेशविक्रम शाहीलगायत ५ कर्मचारीलाई सरुवाको लागि सामान्य प्रशासन मन्त्रालयमा म्यासेज गरेर पठाएको तर पैसाको लेनदेन मिलेपछि रोकेका थिए । ती ५ जना कर्मचारीबाट जनही दररेट तोकी उठाएपछि सामान्यमा भनेर सरुवा रोकेका थिए ।
ती ५ जनाले ५ लाखका दरले बुझाएर सरुवा रोकेको कुरा गृह मन्त्रालय तथा अध्यागमन कार्यालयमा चल्ने गरेको छ। हाल तिनीहरु अध्यागमन कार्यालय एयरपोर्टमै कार्यरत छन् । कारबााही गर्न सामान्यमा लेखी पठाएको हो भने किन सोही ठाउँमा छन् ? यसको जवाफ दिन गृह मन्त्रालय अनिच्छुक रह्यो? ९ जना नायव सुब्बाको दरबन्दी रहेको ठाउँमा २० जना हेको र सवैसँग ३ देखि ६ लाख लिएर सरुवा गरेको स्रोतले बताएको छ । नेपाल निजामती कर्मचारी संघका पूर्व अध्यक्ष समेत रहेका रेग्मीको पछिल्लो समय गृहमा रजगज नै चलेको छ । उनले कर्मचारी प्रशासन महाशाखाका प्रमुख र गृहमन्त्रीलाई बुझाउनुपर्छ भनेर लिने गरेका छन् ।