काठमाडौं । चिकित्सकको सिफारिसबिना नियन्त्रिण औषधी लागुऔषध दुव्र्यसनीलाई बेच्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ परेका छन् ।
तारकेश्वर नगरपालिका– ५ लोलाङस्थित गंगा जमुना फार्मेसीका सञ्चालक डिलबहादुर कार्कीसहित राजकुमार तामाङ, सानु तामाङ र संजय पुतुवालाई बालाजु वृत्तले पक्राउ गरेको हो । उनीहरुले फार्मेसीबाटै दुव्र्यसनीलाई नियन्त्रित औषधी बेच्दे आएको प्रहरीले जनाएको छ । त्यसरी बिक्रि गरिएका विभिन्न औषधी पनि प्रहरीले बरामद गरेको छ ।