Logo
Logo

नयाँ जनप्रतिनिधिले कर्मचारी हटाएः अस्पताल फार्मेसी बन्द


378
Shares

मुस्ताङ : जिल्ला अस्पताल जोमसोमको फार्मेसी बन्द भएको छ ।

नयाँ जनप्रतिनिधिले फार्मेसी कर्मचारीको सेवा कटौती गरेपछि फार्मेसी बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. विशाल तिवारीले जानकारी दिए ।

२०७५ मंसिरमा घरपझोङ गाउँपालिकाले १ जना फार्मेसी कर्मचारी व्यवस्थापन गरेर फार्मेसी चलाएको थियो । गाउँपालिकाले असार २ को कार्यपालिको निर्णयले फार्मेसी कर्मचारी कटौती गरेको हो ।

जोमसोम अस्पताल प्रदेश सरकार अन्तर्गत पर्ने र फार्मेसी कर्मचारी व्यवस्थापन जिम्मा जिल्लाका सबै पालिकाको रहेको उक्त गाउँपालिकाको दाबी छ ।

सूफत मूल्यको फार्मेसी बन्द भएपछि सर्वसाधारण महङ्गो मुल्यमा औषधि खरिद गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्