Logo
Logo

बन्दुक नियन्त्रण विधेयक अमेरिकी सिनेटद्वारा पारित


एजेन्सी

1.8k
Shares

वासिंगटन । अमेरिकी सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । यो झण्डै ३० वर्षयताकै हतियारसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण कानुन हो ।

उक्त विधेयक पारित गर्न १५ रिपब्लिकन सांसदले समेत साथ दिएका थिए । यसलाई कूल ६५ मध्ये ३३ मतले अनुमोदन गरिएको छ ।


गत महिना न्युयोर्कस्थित बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा सामूहिक गोलीबारी भएको थियो, जसमा ३१ जनाले ज्यान गुमाएका थिए । यस्ता घटनाकै कारण अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुनको खाँचो औंल्याइएको थियो ।

यो विधेयक हाउस अफ रेप्रिजेन्टेटिभ ‘तल्लो सदन’ ले पारित गर्न बाँकी छ । तल्लो सदनबाट यो कानुन पारित भएपछि राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गर्नेछन् । यो केही दिनभित्रै गरिने अनुमान छ ।

नयाँ कानुनमा २१ वर्षभन्दा कम उमेरका खरिदकर्ताको पृष्ठभूमिबारे कडा अनुसन्धान गरिने र मानसिक स्वास्थ्य र विद्यालयको सुरक्षामा वृद्धिका लागि संघीय कोषमा १५ बिलियन डलर छुट्याएको छ ।

वार्ताको सह–नेतृत्व गरिरहेका टेक्सासका रिपब्लिकन सिनेटर जोन कोर्निनले यो नयाँ विधेयकले अमेरिकीलाई सुरक्षित बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्