काठमाडौं । वर्षा बाधक बन्दा नेपाल एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।
युएईविरुद्ध उत्कृष्ट बलिङ गरेपनि वर्षाका कारण खेल रद्द हुँदा नेपालले ब्याटिङ गर्न पाएन । र युएईको भाग्य चम्कियो । फाइनल पुगेको युएईले एसिया कपमा पनि स्थान सुरक्षित गरेको छ ।
आइसिसीको नियम अनुसार नै नेपाल बाहिरिएको हो । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।
समूह चरणमा ३ खेल जितेको नेपाल हङकङसँग पराजित भएको थियो । अहिले नेपाललाई त्यही हार महँगो बन्यो ।
यसअघि मलेसियाको किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो ।
तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले उत्कृष्ट प्रदर्सन गर्दै ५ विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको थियो ।