Logo
Logo

बिद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने बिद्यालय संचालक पक्राउ


5.2k
Shares


पोखरा । आफ्नै बिद्यार्थीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक बिद्यालय सञ्चालक पक्राउ परेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.४ स्थित रहेको ज्ञान ज्योती ईङ्लिस बोर्डिङ स्कूलका संचालक ४८ वर्षीय रामचन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।


उनले सोही स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई बाल यौन दुरुपयोग गरेको भन्ने जाहेरीको आधारमा शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको हो । यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरको अनुसन्धानका लागी कास्की जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिप्रका कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्