नयाँदिल्ली । भारतको केरलस्थित कांग्रेस नेता राहुल गान्धीको कार्यालयमा आक्रमण भएको छ ।
केरलको वामपन्थी सरकार र एसएफआईका कार्यकर्ताले आक्रमण गरेकाे कांग्रेसले आरोप लगाएको छ । साथै केरल सरकारले गुण्डागर्दीलाई बढावा दिइरहेको बताएको छ ।
राहुल गान्धी केरलको वायनाड सिटका सांसद हुन् । केरलका मुख्यमन्त्री पिनाराई विजयनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो आक्रमणको निन्दा गरेका छन् ।
उनले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् ।