Logo
Logo

चीनको ग्वाङ्सीमा भारी वर्षा : ३८ लाख नागरिक प्रभावित


630
Shares

फोटो : चाइना डेली ।

काठमाडौं । चीनको दक्षिणी क्षेत्र ग्वाङ्सी झुआङमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३८ लाख नागरिक प्रभावित भएका छन् ।

त्यहाँ पटक–पटक भारी वर्षा हुँदै आएको छ । औसत वर्षा ४९० दशमलव ८ मिलिमिटरमा रेकर्ड गरिएको छ । बाढी/पहिरो र वर्षाका कारण ३ हजार ४ सय ३६ घर डुबानमा परेका छन् ।

१ लाख ५९ हजार ३ सय हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्