Logo
Logo

युक्रेनको सेभेरोदोनेत्स्क सहर रुसी सेनाकाे कब्जामा


1k
Shares

काठमाडौं । युक्रेनको सेभेरोदोनेत्स्क शहर रुसी सेनाले कब्जा गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार युक्रेनको मारियुपोल शहर कब्जामा लिएको केही सातामै रुसले सेभेरोदोेनेत्स्क शहरमाथि कब्जा जमाएको हो ।

युक्रेनको उक्त शहरमा रहेको एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौँ व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका छन् । रुसी सेनाले युक्रेनको महत्वपूर्ण शहर मारियुपोलपछि नियन्त्रणमा लिएको यो शहर पनि केमिकल प्लान्टका लागि प्रख्यात छ ।

रुसी सेना अब युक्रेनले अर्को शहर लिसिचान्स्कतर्फ अघि बढेको जनाइएको छ । रुस र युक्रेनबीच भएको युद्ध ५ महिनामा प्रवेश गरिरहँदा युक्रेनतर्फ ठूलो क्षति भएको छ । युद्धका क्रममा प्रत्येक दिन २ सयको हाराहारीमा युक्रेनी सेनाको मृत्यु हुने गरेको बीबीसीलगायतका अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्