Logo
Logo

बुद्धका मूर्ति तोडफोड


- दृष्टि न्युज/संवाददाता

0
Shares

बुटवल, २ साउन । राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शंकरनगर क्षेत्रका पाँच वटा मूर्ति गएराति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।
मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । उनले रातिको समयमा एकै प्रकृतिले मूर्ति तोडफोड गरेर क्षतविक्षत बनाइएको र यो घटना नियोजित तथा सुनियोजित रुपले भएको आशंका गरे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको बताए । प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागको डिभाइडरमा वैशाख १ गतेदेखि बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने अभियान शुरु गरेको हो ।
हालसम्म जोगिकुटीदेखि मंगलापुरसम्मको क्षेत्रमा २० वटा मूर्ति स्थापना गरिसकेको छ । सिक्स लेन सडकमा हरियाली प्रवद्र्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटन आकर्षित गर्न सडकमा बुद्धमूर्ति स्थापना गर्ने कार्यक्रमअन्तर्गत मूर्ति स्थापना गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्