काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले बुझेको समाजवाद निमुखालाई न्याय र विपन्नलाई आय भएको टिप्पणी गरेका छन् । आज नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।
नेता पौडेलले आफु सरल भाषामा बोल्ने भन्दै अहिलेको संविधान कार्यान्वयन गर्नतिर लागे मात्रै समाजवादको जग जोगिने बताए । उनले एमालेले संविधान भत्काउन लागेकाले गठबन्धन बनेको पनि बताए ।
वरिष्ठ नेता पौडेलले भने समाजवादका लागि नेता कार्यकर्ताको कार्यशैली बदल्नुपर्ने पनि बताए । पौडेलले प्रश्न गरे, ‘समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई रुवाएर आउछ ?’