Logo
Logo

कैलालीमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु


252
Shares

धनगढी । कैलालीमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका– ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा पोखरीमा डुबेका थिए ।

तत्काल उद्धार गरे पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्