एजेन्सी । रुसले युक्रेनको सपिङ मलमा मिसाइल प्रहार गरेको छ ।
मिसाइल प्रहारबाट १६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ भने ५० बढी घाइते भएका छन् ।
रसियाले उक्त क्षेत्रमा लामो दुरीका २ मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ । क्रेमेन्चुक सहरस्थित सपिङ मलमा आक्रमणको समयमा १ हजार जना मानिस रहेको युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले जनाएका छन् ।
यसैबीच जर्मनीमा जारी जि ७ बैठकमा सहभागी नेताहरुले यसलाई रसियाको घृणित कार्यको संज्ञा दिएका छन् ।
उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै निर्दोष माथि रसियाले युद्ध अपराध गरेकोसमेत जनाएका छन् ।