Logo
Logo

अमेरिकाको टेक्सासमा लरीभित्र ४० आप्रवासी मृत फेला


1.9k
Shares

रोयटर्स

एजेन्सी । अमेरिकाको टेक्सासमा एउटा लरीमा ४० जना आप्रवासी मृत फेला परेका छन् ।

फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्धारकर्ता परिचालन गरिएको छ ।

सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो । न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् ।

टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् ।

उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्