Logo
Logo

माओवादी जनयुद्धमा भाग लिएकाहरू मेरो नेतृत्वमा आउनुको विकल्प छैन : प्रचण्ड


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी जनयुद्धमा भाग लिएकाहरू आफ्नो नेतृत्वमा एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् ।

विप्लव नेतृत्वको नेकपा छाडेर माओवादी केन्द्रमा समाहित भएका नेता कार्यकर्तालाई बुधबार पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडा स्वागत गर्दै अध्यक्ष प्रचण्डले ‘फेरि प्रचण्डकहाँ जानुपर्ने भयो’ भनेर लाज नमान्नसमेत आग्रह गरे ।

अध्यक्ष प्रचण्डले माओवादी धारको पुनः एकीकरण आफ्नो नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै भने, ‘साना–साना पसल थापेर लडाइँ जित्न सकिँदैन जनता र कार्यकर्ताले पनि माओवादीहरूलाई प्रचण्डको नेतृत्वको एकताबद्ध हुन निर्देशित गरेको छ ।’

उनले थपे, ‘अब जनता पनि आजित भए । अब माओवादीहरू एकै ठाउँमा बस भन्न थाले । कार्यकर्ताको भावना पनि आखिर चुनाव नै हो । प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नआउने भन्ने देखियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ । प्रचण्डकहाँ किन जाने भनेर लाज नमानौं, माओवादी आन्दोलनको एकता मेरै नेतृत्वमा मात्र सम्भव छ ।’

प्रतिक्रिया दिनुहोस्