Logo
Logo

राप्ती खतराकाे तहमा, बस्तीमा पस्ने जाेखिम


693
Shares

बाँके । राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । पछिल्लो छ घण्टामा बाँकेमा १५० मिलीमिटर वर्षा मापन भएको छ । बुधबार बिहान ९ बजे राप्ती नदीमा पानीको सतह ३ दशमलव १८ मिटर छ ।

आज दिनभरि मध्यम वर्षाद भइरहने अनुमान रहेकाले राप्ती नदीमा बाढीको सतह बढ्न सक्ने उनले बताए । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुरलगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्