Logo
Logo

घर भत्किँदा बालिकाको मृत्यु


189
Shares

कञ्चनपुर । बेदकोट नगरपालिका–५ पोखरीमा घर भत्किँदा बुधबार ४ महिने बालिका करिश्मा खुनाको ज्यान गएको छ ।

अरू २ जना घाइते भएका छन् । स्थानीय पार्वती खुना छोरी करिश्मालाई लिएर छिमेकी प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् ।

उनी करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई घरमा छाडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्