Logo
Logo

भोजपुरका ५ स्थानीय तहको यातायात ठप्प


819
Shares

फाइल फाेटाे ।

भोजपुर । वर्षातका कारण भोजपुरका ५ स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।

दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ ।

सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो । सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध सङ्कलनमा समस्या भएको छ । सडक ठप्प भएपछि दुग्धजन्य पदार्थ सङ्कलनमा समस्या भएको गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्कीले बताए ।

सुत्केरी र बिरामीलाई अस्पताल लान र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका सन्तोष विष्टले बताए । सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ ।

भोजपुर–लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर–चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्