Logo
Logo

ओली निवास पुगे गौतम, पार्टी एकताबारे छलफल


23.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न संयोजक गौतम बिहीबार बिहान बालकोटस्थित ओली निवास पुगेका थिए । ओली र गौतमबीच पार्टी एकीकरणको बिषयमा छलफल भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेकपा गठन हुँद नेकपामै रहेका गौतम नेकपा विभाजनका क्रममा एकता अभियान घोषणा गरेर बसेका थिए । तर, करिव एक वर्षपछि गौतमले सोही अभियानलाई राजनीतिक दलमा रुपान्तरण गरेका हुन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गौतमले ३ महिनासम्म कम्युनिष्ट एकताका लागि पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्