Logo
Logo

सनकको भरमा संसद विघटन गर्दा गैरदलीय प्रवृत्ति विकास भएको छ : नेता खनाल


1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको बताएका छन् । बिहीबार ६४औँ संसद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता झलनाथले यस्तो बताएका हुन् ।

संसद राम्रोसँग चल्न नपाउँदा गैरदलीय प्रवृत्ति बढेको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘कहिले कहिँ हाम्रा नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन् । अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको र अहिलेको संसदमा नेकपा एमालेले बारम्बार अवरोध गरिरहेकोप्रति लक्षित गर्दै नेता खनालले अवरोधका कारण पुर्नस्थापित प्रतिनिधि सभामा पनि जनताको कुरा राख्न नपाइएको बताए । संसदलाई जनताको र राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

२०७४ को चुनावपछि बनेको दुई तिहाई बहुमतको सरकारले काम गर्ला भन्ने अपेक्षा गरेको भएपनि ‘माछा माछा भ्यागुतो’ भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्