Logo
Logo

देउवालाई पौडेलको कटाक्ष- समय पुगेन भन्या छ, दगुरी राख्या छ


4.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीप्रति कटाक्ष गरेका छन् ।

बिहीबार संसद दिवसका अवसरमा आयोजित कार्यक्रममै बोल्दै समय पुगेन भन्ने अनि दौडिने रहने प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर पौडेलले कटाक्ष गरेका हुन् ।

नेता पौडेलले भने, ‘समय पुगेन भन्या छ, दगुरी राख्या छ, छिटोछिटो । काम चाहीँ ६ महिनामा गर्नुपर्ने पनि जम्मै अलपत्र ।’ पार्टीभित्र ६ महिनामा गर्नुपर्ने काम समेत नगरेको प्रति नेता पौडेलले असन्तुष्टि पोखका थिए ।

‘प्रधानमन्त्रीलाई समय कम हुन्छ, मलाई थाहा छ । सबै प्रधानमन्त्री हुन्छ,’ पौडेलले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई समयको अवस्था कति छ ? भन्ने कुरा कामकारबाहीबाट देखिन्छ । समय पुगेन मलाई भन्ने फेरि गर्नुपर्ने काम चाहीँ पेन्डिङमैं राखिरहने ।’

महाधिवेशनबा बेला सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं भन्दा उल्टै आफूलाई पाखा पारिएको समेत गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्