Logo
Logo

फुटको संघारमा रहेको जसपाले बोलायो केन्द्रीय समितिको बैठक


4.4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

फाइल फोटो

फुटको संघारमा रहेको जसपाले असार २७ र २८ गतेको लागि केन्द्रीय समितिको बैठक डाकेको हो । जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार बैठक वीरगञ्जमा बस्ने छ । ५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।

जसपामा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हने विषयमा छलफल भइसकेको छ । लामो समयदेखि पार्टीभित्र भएको विवादलाई अन्त्य गर्न नसक्दा जसपा फुटको संघारमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्