Logo
Logo

धादिङमा बस सडकमै पल्टियो : ३१ जना घाइते


2.1k
Shares

फाइल फाेटाे ।

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहट जाँदै गरेको बस आज बिहान २ बजेतिर सडकमै पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइतेमध्ये ७ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ ।

अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्