Logo
Logo

बामदेवको सक्रियता : ओली र प्रचण्डपछि नेपालसँग भेटवार्ता


2.5k
Shares

काठमाडौं । नयाँ पार्टी गठन गरेसँगै बामदेव गौतमले भेटघाटलाई तिव्रता दिएका छन् । गौतमले गएको मंगलबार मात्र नयाँ दल ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ गठन गरेका थिए ।

पार्टी गठनलगतै गौतम कम्युनिस्ट पार्टीका प्रमुख नेतासँग भेटवार्तामा सक्रिय भएका हुन् । बिहीबार बिहानै उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेका थिए । त्यसलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास (खुमलटार) पुगेर भेटवार्ता गरेका थिए ।

गौतमले बिहीबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । बिहीबार साँझ ७ बजे अध्यक्ष नेपाललाई उनकै निवास कोटेश्वर पुगेका भेटेका थिए । गौतम र नेपालबीच कम्युनिष्ट एकताको विषयमा छलफल भएको थियो ।

नेपालसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले जनाएको छ । गौतमले एमालेका अध्यक्ष ओलीसँग पनि कम्युनिष्ट एकताकै विषयमा छलफल गरेका थिए ।

छलफलका क्रममा गौतमले आफूले एमालेसँग एकता गर्न चाहेको मनशाय व्यक्त गरेका थिए । गौतमको भनाइमा ओली सकरात्मक देखिएको बताइएको छ । गौतमले नयाँ पार्टी घोषणा गरेपछि पनि कम्युनिष्टहरुको एकता गर्ने बताउँदै आएका छन् । अहिले उनको सक्रियता पनि त्यसैमा केन्द्रित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्