Logo
Logo

ठक्करबाट युवकको मृत्यु


441
Shares

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गाडीको ठक्करबाट युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक छन् । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी विजय यादवका अनुसार युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो ।

घाइते युवकलाई तत्कालै नमूना अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न रहेको आशङ्कामा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्