Logo
Logo

१८ करोड ठग्ने सहकारी संचालकहरू सिआइबी फन्दामा


412.5k
Shares


काठमाडौं । संस्थाको १८ करोड रुपैयाँ हिनामिना अभियोगमा काठमाडौंको बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थाका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी मुद्दामा सञ्चालक तथा लेखापरीक्षकलाई पक्राउ गरेको हो ।


सहकारीका अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष, बिर कृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालिन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्ट कुमार महर्जन र लेखा परिक्षकद्वय हिमालय राज जोशी र दिपक राना मगरलाई सिआइबीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनीहरु मिलेर संस्थाको १७ करोड ९४ लाख ७६ हजार पाँच सय १८ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ । धितो जमानी नराखी ऋण प्रवाह गर्ने, नक्कली मुद्दती बचत प्रमाणपत्र दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गरी सर्वसाधरणको पैसा समेत हिनामिना गरेको सिआइबीका प्रवक्ता एसपी श्याम कुमार महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्