Logo
Logo

चट्याङ लागेर खेतमा काम गरिरहेका एकको मृत्यु, दुई जना घाइते


378
Shares

बारा । बारामा आज (शुक्रबार) दिउँसो चट्याङले लागेर एक जना किसानको मृत्यु भएको छ । चट्याङले लागेर एक जना बालिकासहित दुई जना घाइते पनि भएका छन् ।

मृत्यु हुनेमा सुवर्ण गाउँपालिका-७ सनफुलवाका २० वर्षीय धीरज प्रसाद यादव रहेका छन् । शुक्रबार दिउँसो आफ्नै खेतमा काम गरिरहेका बेला अचानक खसेको चट्याङले लागेर यादवको घटनास्थलमै मृत्यु भएको हो ।

त्यहि ठाउँमा चट्याङले लागेर सनफुलवाकै २८ वर्षीय नेतालाल पंडित र भरोस यादवकी छोरी ८ वर्षीया कुमारी यादव घाइते भएका छन् । घाइते दुवै जनाको स्थानीय मेडिकलमा उपचार गरिएको र दुवैजनाको अवस्था समान्य रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्