Logo
Logo

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार


2.1k
Shares

बर्दिया । भारतीय जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जंगलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३ का ५४ वर्षीइ हेमराज गोडियामाथि गोली प्रहार भएको हो ।

गोलीपछि भागेर घर पुगेका गोडियाको केहीबेर पछि भएका थिए । उनलाई उपचारका लागि गुलरिया अस्पताल पुर्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए ।

उनलाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको उनले जनाए । उनलाई भारतीय वन रक्षकले गोली प्रहार गरेको आंशका गरिएको छ ।

उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्