Logo
Logo

सशस्त्र प्रहरी बलका १३ एसएसपीको सरुवा


121.1k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलका १३ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रिस्तरको निर्णयबाट शुक्रबार सरुवा भएको हो ।


सरुवा अनुसार प्रबन्ध महाशाखामा कामु एसएसपी दीपेन्द्र कुँवरलाई पठाइएको छ । उनी अत्याधिक पावर पोलिटिक्स गर्ने सशस्त्र प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पावरका आधारमा उनी पहिलो नम्बरमा बढुवा हुने दाउमा छन् । यसअघि स्टाफ कलेज प्रकरणमा पनि उनी विवादमा तानिएका थिए ।


त्यस्तै, दीपेन्द्र शाहलाई ककनी तालिम केन्द्र, सुरेश कुमार श्रेष्ठलाई पोखरा शिक्षालय, विष्णु भट्टलाई महानिरीक्षकको सचिवालय तथा भूपेन्द्र केसीलाई नौबास्ता तालिम केन्द्रमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्