काठमाडौं । काठमाडौंमा सुन पसल चलाउने एक महिला सुन तस्करीमा संलग्न रहेको खुलेको छ । धापासीमा गणेश ज्वेलर्स चलाउने सुनिता विकले तस्करीको सुनको कारोबार गर्दै आएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
विभागले सुनिताविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । १५ माघ २०७८ मा कास्कीमा बरामद भएको एक केजी सुनको अनुसन्धान गर्ने क्रममा सुनिताको संलग्नता खुलेको हो । त्यतीबेला प्रहरीले पोखराको रामबजारबाट एक किलो सुनसहित रमेश सुनारलाई पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा घापासीको सुन पसल जोडिएको थियो । दुवै जनाविरुद्ध विभागले ८० लाख बिगो दाबी गरी मुद्दा दायर गरेको छ ।