Logo
Logo

अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा


189
Shares

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ ।

पालिकाले १६ बालबालिकालाई बालगृहमा राखेर शिक्षा दिन थालेको हो । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो कार्यकालको पदभार ग्रहणका क्रममा अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको ग्यारेन्टी गर्ने गरी बालगृह सञ्चालन गर्ने बताएका थिए ।

गाउँपालिकाले ३ नं वडा तमान गाउँमा बालगृहसमेत सञ्चालन गर्न तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्