Logo
Logo

बालकलाई डस्ने सर्प बोकेर अस्पताल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , ४ साउन ।

सुन्दर हरैंचाका १६ महिने दीपचन राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्याएर रोए । लगत्तै उनका बाबा भोला पुग्दा बालकसँगै सर्पको बच्चा देखे । बालकको गोलीगाँठाबाट रगत बगिरहेको थियो । भोलाले खुट्टामा केही माथि कपडा बाँधिदिए अनि सर्प मारे ।

छोरालाई उपचारको लागि कोसी अञ्चल अस्पताल पुर्याउँदा उनले सर्प पनि सँगै लगेका थिए । आकस्मिक वार्ड इन्चार्ज रघुनन्दन अधिकारीले सर्प हेरेपछि गोमन रहेको भन्दै बालकलाई इन्स्निेट भेनम चढाउन सहकर्मीलाई सुझाए ।

बाढीपछिको एकसातामा सर्पले डसेका २०० भन्दा बढी व्यक्ति अस्पताल भर्ना भइसकेका छन् । तीमध्ये ४ जनाकोमृत्यु भएको अधिकारीले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्