Logo
Logo

क्यान्सर पिडित डम्बर कुमारीको उपचारका लागि सहयोग अपिल


राम मगर

15.6k
Shares

खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर २ निवास एक महिला क्यान्सरका कारणले गर्दा उपचारत छन् । लामो समयदेखि क्यान्सरबाट पिडित लेख नारायण श्रेष्ठका श्रीमती डम्बर कुमारी श्रेष्ठ बिपि कोइराला क्यान्सर हस्पिटल भरतपुरमा उपचारत छन् ।

एक वर्ष अगाडीमात्र क्यान्सरकै कारणले गर्दा छातीको अप्रेसन गरेको र फेरी त्यहिँ घाउँ घाँटीमा निस्केर क्यान्सर भएको पुकल श्रेष्ठले जानकारी दिए । घरको आर्थिक अवस्था कम्जोर भएका कारणले गर्दा उनको उपचारको लागि आर्थिक सहयोग अभियान चलाएको अभियानका अभियानकर्ता हरि श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि क्यान्सरबाट पिडित डम्बर कुमारी श्रेष्ठ बिपि कोइराला क्यान्सर हस्पिटल भरतपुरमा उपचारत उपचारत छन् ।उनको उपचारको लागि आर्थिक सहयोग अभियान संचालन गरेको र अभियानबाट केहि रकम संकलन भइसकेको प्रकाश बन्जाराले जानकारी दिए ।

केहि वर्ष अगाडी क्यान्सरका कारणले गर्दा छातीको अप्रेसन गरेर सामान्य जीबन बिताइरहेका डम्बर कुमारीको अचानक फेरी त्यहिँ घाउँ घाँटीमा निस्केर दुख्न थालेपछि औषधि उपचार गर्दै आएका थिए । दुखाइ कमी नभएपछि र लगातार दुखी बढ्दै गएपछि उपचारका क्रममा डाक्टरले क्यान्सर भएको बताएपछि उपचार गर्न आर्थिक समस्या भएको पुकल श्रेष्ठले जानकारी दिए ।

घरको आर्थिक अवस्था कम्जोर भएको र उपचारका लागि डम्बर कुमारी बचाऊ अभियान चलाएको ध्यानकुमार राईले जानकारी दिए । आर्थिक सहयोग संकलनको लागि ध्यानकुमार राई र दिल्ली श्रेष्ठको नाममा खाता खोलेको छ ।

डम्बर कुमारीको बचाऊ अभियानबाट लगभग २ लाख ७५ हजार आथिक सहयोग संकलन भएको र अझै संकलन हुन सक्ने अनुमान गरिएको समाजसेवी अर्थात् अभियान संचालक ध्यानकुमार राईले जानकारी दिए ।

यस अभियानकर्ताहरुले यसअघि पनि देश विदेशमा छरिएर रहेका साथीभाईहरुसंग अन्य आर्थिक कम्जोर भएका परिवारहरुलाई आर्थिक जुटाएर सहयोग गरिसकेका छन् । पटक-पटक यस्ता सहयोग अभियान चलाइरहेका उनीहरुले आर्थिक सम्जोर भएका परिवारहरुको लागि सहारा बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्