Logo
Logo

महिला साफ च्याम्पियनसिप नेपालमा हुने


504
Shares

काठमाडौं । भदौ १३ देखि २५ सम्म हुने महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

साफले साफ यू-१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो । साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्