Logo
Logo

तिलिङगेटारमा एक जना मृत फेला


1.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका छन् ।

शनिवार बिहान सटरमा नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्