Logo
Logo

क्यान्टिनमा मृत भेटिएकी रमाको शव अझै उठ्न सकेन, आफन्तद्वारा स्कुलमा धर्ना


4.2k
Shares

काठमाडौं । बुद्धनगरस्थित केएमसी स्कुलमा एक कर्मचारी झुण्डिएको अवस्थामा मृत भेटिएपछि सो क्षेत्र तनावग्रस्त भएको छ । मृतकका आफन्तले हत्याको आशंका गर्दै प्रर्दशन गरेका छन् ।

शनिबार बिहान केएमसी स्कुलको होस्टलको क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा रायमाझीको झुन्डिएको अवस्थामा मृत फेला परेका थियाे । उनको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशंका गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।

मृतकका आफन्तले स्कुलले एक दिन पनि विदा नदिएको, काम गरेको पैसा समेत नदिएको बताएका छन् । छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ ।

रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुन्डेको देखेको बताइएको छ । मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशंका गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।

मृतकका बुबा–आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्