Logo
Logo

वामदेवको पार्टीमा निष्कासन दोहोरी- संयोजकलाई निष्कासन गर्ने पाँच नेता निष्कासित


15.1k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानको संयोजकबाट निष्कासित बामदेव गौतमले आफूमाथि कारवाही गर्ने ५ जनालाई निस्कासन गरेको बताएका छन् ।

आफूखुसी बैठक राखेर संयोजकलाई हटाउन हस्ताक्षर गरेको बताउने पाँचै जनालाई कारवाही गरिएको गौतमले बताएका छन् । उनले भने– ‘हस्ताक्षर गर्ने पाँचै जनालाई शनिबार बेलुका नै कारवाही गरिएको छ । उहाँहरुले जे गर्नु भयो त्यो गलत छ । विमतिहरु भए छलफल गर्न सकिन्छ । तर, अराजक शैलीमा विज्ञप्तिबाजी गर्नु ठीक होइन ।’

गौतमले हस्ताक्षरकर्तालाई गम्भीर आरोप समेत लगाएका छन् । हस्ताक्षरकर्ता मध्ये युवराज सफललाई गौतमले अत्यन्त घातक र जे पनि गर्न सक्ने व्यक्ति रहेको भन्दै उनीसहित अरु चार जनालाई कारवाही गरिएको गौतमले जानकारी दिए ।

अभियानमा आवद्ध चार दलले ‘अराजक, निरङकुश, तानाशाही, अवसरवादी र अराजनीतिक’ भएको आरोप लगाउँदै शनिबार गौतमलाई संयोजकबाट निष्कासन गर्दै कारवाही गरेको थियो ।

केही वर्ष यता नेकपा एकता अभियान चलाइरहेका गौतमले गत असार ११ गते अभियानलाई दलमा रुपान्तरण गर्ने निर्णय गरेका थिए । दल गठन गरेको साता दिनमै गौतम कारवाहीमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्