Logo
Logo

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले कार्यसूची पेस गरेका छन् ।

अध्यक्ष प्रचण्डको कार्यसूची अनुसार नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने छ ।

बैठकका एजेण्डामा थप्ने घटाउने केही भए धारणा राख्न प्रचण्डले मौका दिएका थिए । तर, सुझाव नआएपछि यी एजेण्डा पास भएको अध्यक्ष प्रचण्डले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्