Logo
Logo

माओवादीको केन्द्रीय समिति बैठक : यस्ता छन् ९ एजेण्डा


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत नौ वटा एजेण्डामाथि छलफल भइरहेको छ ।

नयाँ सदस्यहरुको सपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी बैठकमा नौ एजेण्डाबारे छलफल हुनेछ ।

अध्यक्ष प्रचण्डले बैठकमा एजेण्डामा थप्ने वा घटाउने केही भए धारणा राख्न प्रचण्डले मौका दिएका थिए । तर, सुझाव नआएपछि नौ वटै यी एजेण्डा पास भएका छन् ।

तीन दिनदसम्म चल्ने बैठकमा स्थायी समिति, पोलिटब्युरो समिति र पदाधिकारी चयन गर्ने एजेन्डा भएकाले यसलाई चासोका साथ हेरिएको छ । विशेषगरी माओवादी केन्द्रको पदाधिकारी चयनलाई चासोका साथ हेरिएको छ ।

महाधिवेशन भएको ६ महिना वितिसक्दा समेत माओवादीमा पदाधिकारीको टुंगो लाग्न सकेको छैन । यस बैठकले पदाधिकारीको टुंगो लगाउने धेरैले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्