काठमाडौं । गृह मन्त्रालयले आज बढुवा भएका १७ डिआइजीको पदस्थापन गरी एसएसपीको सरुवा गर्ने भएको छ । शुक्रबार नै पदस्थापन र सरुवा हुनुपर्नेमा चलखेलका कारण आजलाई सरेको हो ।
आइतबार बढुवा भएका डिआइजीहरुले दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ । आजै उनीहरुको पदस्थापन हुँदैछ । बढुवा भएकाहरु कोही प्रदेश जानलाई दौडधुपमा छन् भने कोही प्रधान कार्यालयभित्रै बस्ने रणनीतिमा छन् । हाल चार प्रदेशसहित बिशेष ब्यूरो, साइबर ब्यूरो लगायतका कार्यालय नेतृत्वविहिन छन् ।
त्यस्तै, एसएसपी सरुवामा पनि चर्काे प्रतिस्पर्धा छ । काठमाडौं परिसर, अपराध अनुसन्धान कार्यालय जस्ता निकाय खाली भएका छन् । जसमा कुबेर कडायत, विष्णु कुमार केसी, भरतकुमार बोहरा, केदार ढकाल, विकासराज खनाल लगायत एसएसपीबीच प्रतिस्पर्धा छ ।
अन्तर्राष्ट्रिय विमानस्थल, ट्राफिक महाशाखा, मानव बेचबिखन अनुसन्धान ब्यूरो, लागुऔषध अनुसन्धान ब्यूरो, भरतपुर तालिम केन्द्र जस्ता एसएसपी प्रमुख हुने कार्यालय पनि रिक्त छन् ।