Logo
Logo

पर्यटक लुट्न खोज्ने ७ जना पक्राउ


567
Shares

हुम्ला । नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्रेट हिमालयन ट्रेल यात्राका क्रममा रहेका जर्मन नागरिक मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए ।

नाम्खा–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन् । प्रहरी निरीक्षक दीपक मल्लका अनुुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारविरुद्ध इक्माले दिएको उजुुरीका आधारमा पक्राउ गरिएको हो ।

हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्ट पक्राउ परेका हुन् ।

इक्मा पूर्वको कञ्चनजङ्घा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा थिए ।

प्रतिक्रिया दिनुहोस्