Logo
Logo
एमालेको सचिवालय बैठक

अन्तर्घाती खोज्न विष्णु पौडेलको कमाण्डमा समिति गठन


3.8k
Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पार्टी भित्रबाट भएको अन्तर्घात छानविन गर्न ‘छानविन तथा कारबाही समिति’ गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन तथा कारबाही समिति गठन गरेको हो । समितिमा उपमहासचिव विष्णु रिमाल र स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख खगराज अधिकारी सदस्य रहेका छन् ।

पार्टीभित्रैबाट भएका अन्तरघातका घटनाहरूको छानविन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

एमाले स्थानीय तह निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । पार्टीको पराजयमा पार्टी कै नेताबाट भएको अन्तर्घात मुख्य कारण रहेको एमालेको प्रारम्भीक निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्