Logo
Logo

एमालेको १३ केन्द्रीय विभागमा सचिव मनोनित (सूचीसहित)


18.7k
Shares

काठमाडौं । नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले १३ केन्द्रीय विभागमा सचिव मनोनित गरेको छ ।

आइतबार पार्टी कार्यालय च्यालसमा सम्पन्न बैठकले १३ वटा विभागमा सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बैठकले वित्त तथा आर्थिक विभाग, संगठन विभाग, उपभोक्ता हित संरक्षण विभाग, श्रम तथा रोजगार विभाग, संसदीय विभाग र सामाजिक सेवा विभागमा सचिव मनोनित गरेको हो ।

त्यसैगरी, सामाजिक सेवा विभाग, संस्कृति विभाग, स्थानीय तह विभाग, प्रचार तथा प्रकाश विभाग, परराष्ट्र विभाग, संघीय मामिला विभाग, ऊर्जा तथा जलस्रोत विभाग र कानून विभागमा बैठकले सचिव मनोनित गरेको छ ।

कुन विभागमा को सचिव ?
वित्त तथा आर्थिक विभाग– डा. भीष्म अधिकारी

संगठन विभाग– सम्झना देवकोटा

उपभोक्ता हित संरक्षण विभाग– मोहिनी खनाल

श्रम तथा रोजगार विभाग– जनक चौधरी

संसदीय विभाग– डा.सुई पाठक

सामाजिक सेवा विभाग– नेत्र तिम्सिना

संस्कृति विभाग– राजेश थापा

स्थानीय तह विभाग– हर्क राई

प्रचार तथा प्रकाश विभाग– गगन विष्ट

परराष्ट्र विभाग– डा. अन्जान शाक्य

संघीय मामिला विभाग– शिव गुरुङ

ऊर्जा तथा जलस्रोत विभाग– पुष्प ज्योति ढुंगाना

कानून विभाग– डिल्लीराम मैनाली

प्रतिक्रिया दिनुहोस्