काठमाडौं । अभिनेत्री नीता ढुंगानाले ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीसँग विवाह गर्ने भएकी छन् । अभिनेत्री ढुंगाना र अभिनेता अधिकारीवीच आगामी शुक्रबार अर्थात् असार २४ गते हुने भएको छ ।
विवाह दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ । चार वर्षअघिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् ।