Logo
Logo

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रातारात गायव !


6.6k
Shares

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९–८० को बजेट निर्माण समयको सीसीटीभी फुटेज आफै डिलिट भएको जवाफ दिएको छ ।

संसदमा बजेट प्रस्तुत गर्ने जेठ १५ गतेको अघिल्लो दिन बजेटमा सिल लगाउने जेठ १४ गतेकोको सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएको हो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरेको र चलखेल भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना भइरहेको बेला उक्त दिनको फुटेज नै डिलिट भएको मन्त्रालयले जवाफ लेखेको हो ।

सूचनाको अधिकार प्रयोग गर्दै बजेट प्रस्तुत हुने दिन अर्थात् जेठ १५ गतेको अघिल्लो रातको फुटेज माग गरिएको थियो । उक्त निवेदनको जवाफमा मन्त्रालयले उक्त दिनको सीसीटीभी फुटेज हार्ड डिस्कबाट मेटिइसकेको जवाफ दिएको हो ।

हार्ड डिस्कमा १३ दिनसम्मको मात्रै फुटेज रहने बताएका मन्त्रालयले त्यसभन्दा बढीको सामग्री आफैं डिलिट हुने जानकारी दिएको छ ।

जवाफमा भनिएको छ– ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा १३ दिनसम्मको मात्रै फुजेट अभिलेखमा रहने पाइयो । तत्पश्चात पहिलेको अभिलेख क्रमशः मेटिँदै जाने प्रविधि छ ।’

मन्त्रालयले दिएको जवाफले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशबारे अर्थमन्त्रीलाई लागेको आरोपलाई थप बल पुगेको छ ।

यस्ताे छ जवाफ-

प्रतिक्रिया दिनुहोस्