Logo
Logo

मन्त्री फेर्ने तयारीमा जसपा, प्रधानमन्त्रीसँग छलफल


4.1k
Shares

काठमाडौं । आन्तरिक कलहमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको तयारी थालेको छ ।

मन्त्री फेरफेरको विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । अध्यक्ष यादव प्रधानमन्त्री देउवालाई भेट्न आइतबार साँझ प्रधानमन्त्री निवास बालुपाटार पुगेका छन् ।

जसपाबाट हाल राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, महेन्द्रराय यादव कृषि तथा पशुपंक्षी विकासमन्त्री र रामसहायप्रसाद यादव वत तथा वाताव।णमन्त्री छन् ।

हालका मन्त्रीलाई फिर्ता बोलाउने तयारीमा रहेका उपेन्द्रले प्रदीप यादव, प्रमोद साह र इस्तियाक राई लगायतलाई पठाउने तयारी गरेका छन् ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजन गर्ने भएपछि कतिपय नेता बाबुरामसँगै जाने डरले पनि उपेन्द्रले मन्त्री फेर्न तयारी थालेका हुन् ।

केही समय अगाडि नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जसपामा पनि मन्त्री फर्नेपर्ने माग उठेको थियो । विशेष गरी बाबुराम भट्टराई समूहले मन्त्री फेर्नुपर्ने माग उठाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्